७ कार्तिक २०८१, बुधबार

कोरोना संक्रमित संख्या बढनेक्रम जारी प्रदेश २ मा थप ७६ जनामा संक्रमण

एसीपी संवाददाता

१५ जेष्ठ २०७७, बिहीबार ०५:०६ मा प्रकाशित

जेठ १५ गते । देशमा अझै कोभिड १९ कोरोना महामारीको प्रकोप जारी रहेको छ । बिहिबार प्रदेश २ मा थप ७६ जनामा कोरोना को संक्रमण पुष्टि भएकोले झन तनाव उत्पन्न भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा ७६ नयाँ संक्रमित थपिएका हुन ्। निर्देशनालयका अनुसार धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको हो । तर यस बारेमा मन्त्राललले भने औपचारीक रुपमा जानकारी दिएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x