७ कार्तिक २०८१, बुधबार

भारतबाट नेपालीहरु फर्किने क्रम जमुनहा नाकाबाट मात्रै हजारौं जना स्वदेश फिर्ता आए

एसीपी संवाददाता

१५ जेष्ठ २०७७, बिहीबार ०७:५१ मा प्रकाशित

जेठ १५ गते नेपालगंज । भारतबाट फर्किने नेपालीहरुलाई लक्षित गरेर नेपालगन्जको जमुनाह नाकामा तयारी खाजा र पानी वितरण सुरु गरिएको छ । भारतबाट फकिएका लाई राहत स्वरुप खाजा पानीको ब्यवस्था गरिएको हो । अहिले पनि भारतबाट हरेक दिन हजारौंको संख्या नेपालीहरु स्वदेश फर्कि रहेका छन् । रक्सौल सिमानाका बिरगंज,बाँकेको जमुनहा सिमा पश्चिमको बर्दिया , कैलाली, कंचनपुर, सहित बिभिन्न सिमा नाका बाट नेपालीहरु फर्किने गरेका छन् बुधबार र बिहीबर गरी १ हजार ६ सय भन्दा बढि नेपालगंज जमुनहा सिमा नाकाबाट नेपालीहरु बिभिन्न जिल्ला उद्धार गरी पठाएको सुरक्षा निकायले जानकारी दिएको छ ।

यसैबीच नेपालगंजको जमुनहा सिमानाकामा मेडिकल कलेज नेपालगन्जले फिल्ड द वकेटसँगको सहकार्यमा एक हप्तासम्म विस्कुट, चाउचाउ र पानीको प्याकेज बनाएर वितरण सुरु गरिएको हो । भारतबाट आउने नेपालीहरुलाई थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको मेडिकल कलेज नेपालगन्जका सहायक निर्देशक डा.नितेशकुमार कनोडियाले बताउनुभयो । बुधबार बाट पहिलो दिन २ हजार जनालाई तयारी खाजा र पानी वितरणको ब्यवस्था गरिएको हो । उनीहरु सबैलाई एउटा चाउचाउ, दुईवटा विष्कुट र एक वोतल मिनरल वाटर दिइने छ । जमुनाह नाकामा रहेको खाल्सा युवा क्लवका सदस्यहरुले स्वंयमसेवकको रुपमा खाजा र पानी वितरण गरिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x