लकडाउन खुकुलो गरेकै दिन नयाँ भेटिने संक्रमितको संख्यामा कमी, बिहीबार एकै दिन ३ हजार भन्दा बढी उपचारपछि घर फर्किए


अरशद शेष राई – साउदी अरेबिया । साउदी अरेबियाले लकडाउनमा खुकुुुुलो गरेको दिन नै नयाँ कोरोना संक्रमित संख्या घटेर १ हजार ६ सयमा झरेको छ । बिहिवार नयाँ भेटिएका नयाँ कोरोना संक्रमितको संख्या घटेपनि बिहीबार सम्म कोरोना भाइरस संक्रमितको संख्या ८० हजार भन्दा माथि पुगेको छ ।
४ सय भन्दा बढीको ज्यान गएको छ । दिनदिनै बढ्दै गएको कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियाले लकडाउन गरेपछि बिहिवार एकै दिन नै नयाँ कोरोना संक्रमितको संख्यामा कमि देखीएको हो । बिहीबार साउदी अरेबियामा १ हजार ६ सय ४४ जना नयाँ कोरोना संक्रमित मात्र भेटिए पनि बिहीबार सम्म कोरोना संक्रमितको संख्या ८० हजार १ सय ८५ जना पुगेका छन । बिहिवार एकै दिन थपिएका नयाँ कोरोना संक्रमित मध्ये साउदी अरेबियाको राजधानी रियादमा ६ सय ११, जद्दा ३ सय ६०, मक्कामा १ सय ४८, दम्माममा १ सय १, हुफुपमा ९१, मदिनामा ५०, खोबरमा ४६ जनागरि १ हजार ६ सय ४४ जना नयाँ संक्रमित भेटिएका हुन ।
बिहीबार सम्म ५० हजार भन्दा बढी कोरोना संक्रमितहरु निको भइ घर फर्किएका छन । कोरोना भाइरसको संक्रमित रहेका मध्ये बिहीबार एकैदिन ३ हजार ५ सय ३१ जना उपचार पछि निको भएका छन जबकि बिहीबार सम्म ५४ हजार ५ सय ५३ जना कोरोना संक्रमितहरु उपचार पछि निको भई घर फर्किएका साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ । साउदी अरेबियामा कोरोना भाइरस महामारीको कारण हाल सम्म ४ सय ४१ जनाको ज्यान गएको छ ।