१५ जेष्ठ २०८१, मंगलवार

एकै दिन १ सय ७० जनामा कोरोना पुष्टि बाँकेमा पनि १० जना थप

एसीपी संवाददाता

१६ जेष्ठ २०७७, शुक्रबार १२:५२ मा प्रकाशित


नेपालगंज १५ गते । बिश्वमा ब्यापक रुपमा कोरोना भाइरस संक्रमण पुष्टि भइ रहेको बेला दुइ महिना पछि नेपालमा यसको ब्यापक असर देखिन शुरु भएको छ । शुक्रबार नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाट सुस्ता पूर्वका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।

संक्रमितमध्ये हालसम्म २०६ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएका छन्

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x