१४ मंसिर २०८०, बिहीबार

भारतबाट पश्चिम तराई सिमानाकाबाट हजारौं नेपाली स्वदेश फर्किए

एसीपी संवाददाता

१६ जेष्ठ २०७७, शुक्रबार ०९:४२ मा प्रकाशित

निरुपमा गिरी – जेठ १६ गते । बाँकेको जमुनहा सीमा नाका सहित दैनिक हजारौको संख्यामा नेपालीहरु फर्किने क्रम जारी रहेको छ । बुधबार बिहीबार गरी करीब एक हजार ६ सय भन्दा बढि संख्यामा नेपाली स्वदेश फिर्ता भएको सुरक्षा निकायले जनाएको छ । यसै बीच कपिलबस्तु सिमा नाका बाट समेत हजारौं जना आउने गरेको र केही सिमा पारी भारतमै अलपत्र परेको आउने क्रम जारी रहेको छ । यसै बीच पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी बाट चार दिनमा सात हजार ३१८ जना भित्रिएका छन् । प्रशासनका अनुसार बिहीबार दुई हजार ४०५, बुधवार एक हजार ५८६, मंगलवार ६९० र सोमवार दुई हजार ६३७ जना भारतबाट घर फर्केका हुन् । व्यक्तिगत विवरण राख्ने, व्यक्तिगत फाराम भर्ने, तापक्रम नाप्ने लगायतका कार्य गरी उनीहरुलाई नेपाल प्रवेश गराइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययले बताए । नेपाल प्रवेश गर्नेहरुलाई ट्रान्जिट क्याम्पमा राखी सम्बन्धित जिल्लाका स्थानीय तहका क्वारेन्टाइनमा पठाउनका लागि यातायातका साधनको व्यवस्था गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x