३ असार २०८१, आईतवार

भारतबाट फर्किने नेपालीहरुका लागि आधिकारिक नाका

एसीपी संवाददाता

१६ जेष्ठ २०७७, शुक्रबार १४:०० मा प्रकाशित

सरकारले भारतबाट फर्किने नेपालीहरुका लागि आधिकारिक नाका तोकेको छ। शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले भारतमा रहेका नेपालीलाई स्वदेश भित्रिन देशका विभिन्न १८ वटा नाका तोकेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए।

सचिव विडारीका अनुसार भारतमा रहेका नेपालीलाई स्वदेश भित्रिन पशुपतिनगर, काँकडभित्ता, रानी, सुनौली, ठाडी, माडर, मलंगवा, गौर, वीरगञ्ज र महेशपुर नाका तोकेको छ।यसैगरी बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलाका नाकाबाट पनि नेपालीहरु भित्रिन सक्ने उनले जानकारी दिए। यसअघि बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने निर्णय गरिसकेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x