७ कार्तिक २०८१, बुधबार

किशोर किशोरीहरुका लागी स्वास्थ्य सामग्री तथा सचेतना मुलक कार्यक्रम

एसीपी संवाददाता

२४ जेष्ठ २०७७, शनिबार १२:०० मा प्रकाशित

बाँके । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेको वडा न. २ का किशोर किशोरीहरुका लागि covid 19 सम्बन्धि सचेतना तथा स्वास्थय सामग्री वितरण कार्यक्रम गरिएको छ । बाँकेमा पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढन थाले पछी वडा न. २मा नेपालगन्ज उप- महानगरपालिका वडा न. २, बाँकेको आर्थिक सहयोग तथा नारी कल्याण समाज नेपालगन्ज, बाँकेको आयोजनामा सो स्वास्थ्य सम्बन्धि कार्यक्रम गरिएको वडा न. २ नारी कल्याण समाजकी अध्यक्ष कमला भट्टले जानकारी दिनु भयो । कार्यक्रममा उपाध्यक्ष नारायण रुपाखेतीले सरकारले लागू गरेको समाजिक दुरि लाई कायम गरि वडा न. २ का किसोर किशोरी हरुलाई स्वास्थ्य सम्बन्धित सचेत गर्दै covid 19 जस्तो खतरनाक रोग बाट बच्नको लागि स्वास्थय सम्बन्धि बिचार(धारणा) प्रकट गर्नुभएको थियो । कार्यक्रममा वडाको आर्थिक सहयोगमा सम्पुर्ण किसोर किशोरी लाई सेन्टिलाइजर १ पिस, माक्स २ पि गरि १०० पिस माक्स वितरण गरिएको अध्यक्ष भट्टले जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x