७ कार्तिक २०८१, बुधबार

कर्णाली प्रदेश कोरोना संक्रमण बाट प्रभावित हुदै

एसीपी संवाददाता

१८ जेष्ठ २०७७, आईतवार ००:१५ मा प्रकाशित

शनिबार रातिसम्म कर्णालीमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । यता शनिबार दिउँसोसम्म देशभर संक्रमितको संख्या १४०१ थियो । तर पछिल्लो पटक सल्यानमा २५, कालिकोटमा १७, बाजुरामा १, दैलेख र सुर्खेत १ र १ जना थपिएपछि देशभर संक्रमितको संख्या १४४६ पुगेको छ । अधिकाँस नेपालीहरु भारत बाट फर्किई रहेको श्रोतले जनाएको छ । कर्णाली सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य शिक्षा महाशाखाले दिएको जानकारी अनुसार कर्णालीका शनिबार रातिसम्म संक्रमितको संख्या १०५ पुगेको हो । पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ । उक्त केन्द्रमा गरिएको परीक्षणमा सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका मात्रै २५ जना नयाँ संक्रमित पुष्टि भएका छन् । बनगाड कुपिन्डे नगरपालिका, १,२, ३, ४, ६ र ७ नम्बर वडाका २५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा बनगाड कुपिण्डे नगरपालिक, १ का १९, २०, ४० ६० वर्षीय पुरुष, वडा नं. २ का १९ वर्षीय पुरुष, वडा नं. ३ का १७, २७, २७, ३८, वडा नं. ४ का १८, ३३, ४४ वर्षीय पुरुष छन ्। यस्तै वडा नं. ६ का ११, १६, १८, १९, २०, २१, २१, २१, २५, २८, ३० र ३६ वर्षिय पुरुष तथा वडा नं. ७ का ३८ वर्षीय पुरुष रहेका छन्। संक्रमित सबै क्वारेनटाइनमा बस्दै आइरहेका छन्। योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय ५ पुगेको छ । सुर्खेतमै गरिएको परीक्षणमा सुर्खेतको बराहताल गाउँपालिका(९ का एकजनामा कोरोना पुष्टि भएको छ । यसैबीच शनिबार नै दैलेखको दुल्लु नगरपालिका ११ का ४० वर्षीय एक पुरुषको मृत्यु भएको थियो । गम्भीर बिरामी परेका उनको उपचार अभावमा क्वारेन्टाइनमै ज्यान गएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनको ज्यान गएपछि कोरोना पुष्टि भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x