पश्चिम नवलपरासीमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु,दुई घाइते

उर्मिला यादव -सुनवल जेठ १७ / पश्चिम नवलपरासीमा सवारीसाधन दुर्घटना हुदा उपचारको क्रममा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छ्न। मृत्यु हुनेमा बर्दघाट नगरपालिका १५ पृथ्वी बस्ती बस्ने २४ बर्षिय अनुरोध चमार रहेका छ्न भने घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार शुक्रवार बर्दघाट नगरपालिका १४ नारायण चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको लु ५७ प १२८५ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउदै गरेको ट्याक्टरले ठक्कर दिई ३ जना घाइते भएका थिए भने घाइते मध्ये मोटरसाइकल चालक चमारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । ठक्कर दिने लु ४ त १६०९नम्बरको ट्याक्टर सहित चालक नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।



