१५ जेष्ठ २०८१, मंगलवार

लकडाउनको समय आगामी जेठ ३२ गतेसम्म बढाउने निर्णय

एसीपी संवाददाता

१७ जेष्ठ २०७७, शनिबार १५:३१ मा प्रकाशित

सरकारले लकडाउनको समय आगामी जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिँदै छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।
यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्य योजना स्वीकृत गरेको एक मन्त्रीले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x