रोग लागे पछि औषधी गर्नु भन्दा पहिले रोग नै लाग्न नदिन हामीले उच्च सतर्कता अपनाउन जरुरी

हाल विश्व नै कोरोना भाइरस महामारी को चपेटामा परेको छ । रोग लागे पछि औषधी गर्नु भन्दा पहिले रोग नै लाग्न नदिन हामीले उच्च सतर्कता अपनाउन जरुरी छ ।
देश बाहिर बाट आउने संक्रमित ब्यक्ति को कारण अहिले कोरोना भाईरस दैनीक रूपमा बढिरहेको छ । मृत्यु हुने संख्या तिब्र गतिमा धेरै नबढे पनि मृत्यु हुने संख्या बढेको र कोरोना पोजेटिभ भएका ब्यक्तिहरू थपिदै गएको छ ।
हाल बित्तिय कारोबार गर्ने बैंक,बित्तिय संस्था , तथा सहकारी संस्था हरु उच्च जोखिममा रहेका छन्। नगद लेनदेन हूंदा एक ब्यक्ति बाट अर्को ब्यक्ति मा सजिलै सर्न सक्ने हुँदा हामी बित्तिय कारोबार गर्न समेत सचेत रहनु पर्ने छ । दैनिक नगद भुक्तानी हूने तर ब्यापार ब्यबसाय हून नसकेको कारण सदस्य ले कर्जा को सांवा त के ब्याज समेत संस्था मा जमा गर्न नसक्दा संस्था ले दैनिक कारोबार गर्न समेत समस्या भएको छ । साथै नेपाल राष्ट्र बैंकले दिएको जानकारीअनुसार क , ख , ग र घ बर्ग का बित्तिय कारोबार गर्ने संस्था ले हप्ता मा २ दिन मात्र कारोबार गर्ने गरेको छ ।
हामी ले ब्यबस्था गरेको तरलता ले १, २, ३ महिना सम्म बित्तिय कारोबार गर्न सकेता पनि लकडाउन क्रमश बढ्दै जाने र बजार नखुल्ने हुँदा रकम संकलन नहुने तर भुक्तानी मात्र हूने हूदा हामी लाई मात्र नभई सम्पूर्ण सहकारी संस्थाहरुलाई आर्थिक तरलता को समस्या परेको छ । पुर्बिय सहकारी तथा पश्चिमी सहकारी संस्था मा सदस्य ले बैंक ले कम ब्याज दिएको कारण बैंक बाट रकम निकासा गरि सहकारी संस्था मा जमा गर्दा तरलता बढी भएको र लगानी प्रबाह नहूंदा संस्था समस्या मा रहेको तथ्य सुन्नमा आएको छ । यस समय सहकारी का छाता संगठन तथा नेपाल सरकारले सहकारी को अर्थमा परेको समस्या लाई समाधान गर्न उच्च स्तरीय समिति गठन गरी तरलता व्यवस्थापन का लागि बढी तरलता भएको रकम लाई ब्यवस्थापन गरि तरलता अभाव भएको क्षेत्रलाई लगानी गर्ने ब्यवस्था मिलाउनु पर्ने देखिन्छ ।
यस समय सहकारी संस्था का संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति र बिभिन्न उप समिति का सदस्य ज्यूहरु ले आफ्नो जिम्मेवारी र कर्तव्य पुर्ण रुपमा निभाउनुपर्ने हुन्छ र कर्मचारी मित्र हरूले आफ्नो आफ्नो सेवा सुबिधा लाई त्याग गरि संस्था र सदस्य सेवा गर्ने गर्दा भोली आउने दिन संस्था पनि जोगिन्छ र कर्मचारी पनि ।

#नेपाली_हामी_रहूला_कहां
#नेपालै_नरहे।
#stayhome
#staysafe
#stayhealthy.



