१२ मंसिर २०८०, मंगलवार
बाँकेमा आज १७ जना संक्रमित


बाँकेमा आज १७ जना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा खजुरा, राप्तीसोनारी र नरैनापुरका १७ देखि ४५ वर्ष उमेरका १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राप्तीसोनारी ७ का १४, नरैनापुर ६ का २ र खजुरा १ का १ जना नयाँ थपिएका हुन् । यो संगै बाँकेमा संक्रमितको संख्या २ सय १३ पुगेको छ । २९ जना उपचारपछि घर फर्केका छन् भने एक जनाको मृत्यु भएको छ । देशभर आज २ सय ८८ संक्रमित थपिएका छन् ।
२ सय ६६ जना उपचारपछि घर फर्कदा ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
Subscribe
Login
0 Comments