२१ बैशाख २०८३, सोमबार
थपिए बाँकेको जानकी गाउँपालिकामा एकजना कोरोना संक्रमित,२० जना निकोभई डिस्चार्ज

बाँकेको जानकी गाउँपालिकामा एकजना कोरोना संक्रमित थपिएका छन् ।
यसअघि जानकीमा एकैपटक ४० जनामा कोरोना देखिएको थियो । भेरी अस्पताल, नेपालगञ्जले सोमबार सार्वजनिक गरे अनुसार, जानकी गाउँपालिका वडा नं. ४ का २१ वर्षीय युवामा कोरोना देखिएको हो । यो संगै बाँकेमा संक्रमितको संख्या २ सय ७१ पुगेको छ । यसै गरी कृषि तालीम केन्द्र, खजुरा आइसोलेसनबाट आज नरैनापुर १ का १, वडा नं ४ का ३ , वडा नं ३ का १६ पुरुषहरू गरि जम्मा २० जना कोरोना संक्रमणबाट निकोभई डिस्चार्ज भएका छन् सोमबार २० जना गरी ७० जना निको भएर घर फर्किँएका छन भने बाँकेको नरैनापुर गाँउपालिकाका एक जनाको ज्यान गएको छ ।
Subscribe
Login
0 Comments



