कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ जना पुगे ,नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिए


नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार देशभरमा २०१ जना संक्रमित थपिएको जानकारी दिएका छन्। बुधबार थपिएकासँगै देशभर कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि अब नौ पुगेको छ। मन्त्रालयका अनुसार कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षण धनकुटाको सहिदभूमिका एकजना पुरुषमा संक्रमण देखिएको छ। बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको त्रिभुजको एकजनामा पुष्टि भएको छ । यस्तै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ। दोलखाका ७६ वर्षीय पुरुषको बुधबार बिहान काठमाडौंमा मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या नौ पुगेको हो। गत वैशाख २३ गते उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएका उनको अप्रेशन गर्नुपरेपछि जेठ १५ स्वाब लिएर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।