भन्सार छ्ली लादै गरेको अबैध मालसामान पक्राउ

सिमा प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी गस्ती टोलिले आज अबैध मालसामान पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका अनुसार पाल्हिनन्दन गाउपालिका १ र २ स्थित अबैध रूपमा भन्सार छ्ली चोरी पैठारी गरि भारतबाट नेपाल तर्फ ल्याएको विभिन्न किसिमका कपडाहरु,काजु,बदाम ,किसमिस ,जिरा,साउफ गरि अन्दाजी १ लाख २८ हजार १ सय ४० रुपैया मुल्य बराबरको मालसामान प्रहरीले बरामद गरेको हो ।
यस्तै गरि नेपालबाट भारततर्फ लैजादै गरेको मटर ४२५ केजि, मटर दाल १ सय केजि गरि अन्दाजी ४८ हजार २ सय ५० मुल्य गरि कुल १ लाख ७६ हजार ३ सय ९० रुपैयाँ बराबरको मालसामान बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएका मालसामान आवश्यक कार्वाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।



