जनपद प्रहरीले लाउने वर्दीको रङ्ग चाइनिज पुलिस र शसस्त्र प्रहरीले लाउने वर्दीको रङ्ग चाइनिज पीएलए को हो,यसमा कसैलाई आपत्ति भएन ?-ललित रौनियार

कति सँकुचित मानसिकता हो हिन्दी बोल्दैमा भारतिय,कुनै बेला यहाँका प्रहरीहरुले खाकी रङ्गको वर्दी लगाउँथे,त्यसलाई फेरियो,तर्क दिईयो यसको रङ्ग भारतिय पुलिस सँग मेल खान्छ,अहिले जनपद प्रहरी ले लाउने वर्दीको रङ्ग चाइनिज पुलिस र शसस्त्र प्रहरीले लाउने वर्दीको रङ्ग चाइनिज पीएलए को हो,यसमा कसैलाई आपत्ति भएन मेरो ससुराली सर्लाही मा हो मैले मैथिली बुझ्दैन,उनीहरु सँग कुराकानी गर्नुपर्दा हिन्दी मै गर्छु,मुस्लिम हरुले उर्दुमा पठनपाठन गर्छन मदर्सामा के उनीहरु पाकिस्तानी हुन? ईङलिस बोल्नेहरु अँग्रेज र अमेरिकन हुन ? शेर्पा हरुले भोटे बोल्छन के तिनिहरु तिब्बती हुन ? ईन्डिया का थारु हरु पनि थारु भाषा बोल्छन माननिय गँगा चौधरी लाई थाह हुनुपर्छ,के थारुहरु पनि भारतिय हुन ?

आफुलाई मात्रै राष्ट्रबादी देख्नेहरु तिमिहरु जस्तै भेषभुसा अनुहार गरेका हरु भारतमा पनि छन के यि सबै भारतिय हुन? राजपरिवार हरुमा पनि भारतिय चेली हरु छन,कतिपय अाफलाई राष्ट्रबादी भनाउँदा हरुको घरमा पनि भारतिय चेली छन के भारतिय भन्दैमा कसैको अपमान गर्न मिल्छ,हो यहाँका मधेशीहरुको बोलाई ,खवाई लवाई भारतियहरु सगँ मिल्छ,भने के तिनीहरु भारतिय हुन? जहिले पनि मधेशीहरुले अाफ्नो हक र अधिकार सँग जोडिएको कुनै राजनैतिक मुद्दा उठाए भने त्यसलाई भारत सगँ जोडेर हेरिन्छ,यो अपमान कहिले सम्म हो? चेतना हुनुपर्छ सबैलाई जुन सुगौली सन्धि को कुरा गर्छौ तिमिहरुले त्यहि सन्धि अन्तर्गत तराईका भुभाग हरु नेपाल सगँ जोडिन पुगेका हुन,यदि भुभाग लाई अाफ्नो ठान्ने हो भने त्यो भुभागमा बस्ने भुमिपुत्रहरुलाई पनि ससम्मान स्विकार गर्नुपर्छ,यदि सीमा सुरक्षाको कुरा गर्ने हो भने तराई भधेशको भुभाग लाई अक्षुण्ण मधेशीहरुले नै राखेका छन र अावश्यकता पर्यो भने आफ्नो शरीरको एक एक थोपा रगत पनि आफनो देशको बगाउन तयार छ,यसकारण यस्ता बिखण्डन कारी कुरा गरेर बिखण्डनको बिउ नरोप्न सबैमा अनुरोध गर्दछु,भारत सँगको रिस आफ्नै जनता माथि पोख्न पाईँदैन। ललित रौनियार / शनिबार समाजिक संजालबाट

जेठ १९, २०७७ काठमाडौं : सांसद गंगा चौधरीले संसदमा भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी छन्। आजको संसद बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सांसद सरिता गिरीलाई इंगित गर्दै यस्तो बताएकी हुन्। ‘अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न मिल्दैन,’ उनले भारतले नेपाली भूमि अतिक्रमण गरेको बताउँदै भनिन्, ‘नेपालमाथि भारतको दादागिरी, न मिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन। भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो। भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे।’ केही दिनअघि सांसद सरिता गिरीले नेपालले नयाँ नक्सा सार्वजनिक गर्नुअघि भारतसँग सल्लाह गर्नुपर्छ भन्ने बत्तव्य संसदमै दिएकी थिइन्। सांसद चौधरीले आफ्नो जमिन आफ्नो भन्न भूमि मिचाहा किन सोध्नुपर्यो भन्दै प्रश्न गरिन्। ‘आफ्नो जमिन मेरो हो भन्न पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना?,’ उनले भनिन्, ‘जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याँक्छन रअ का एजेन्टहरु १५ दिनसम्म घाइते हुन्छन्। अति त्यो सपनाको योजनाविरुद्धमा बुरुक्क बुरुक्क उफ्रन थाल्छन्।’




गल्ति हरुलाई सच्याउँदै जाने हो त्यो अाफ्नाे ठाउँमा छ तर संसद मा हिंदी भाषाको प्रयोग चाँहि पटक्कै सुहाएन र अर्को कुरा अंगीकृत नागरिकहरुलाई संसद त के वडा प्रतिनिधि मा पनि समावेश गरिनु हुँदैन । जति सक्दो चाँडो यस लाई चाँहि संशोधन गरिनु पर्छ ।अनि तेस्रो पक्ष दोहोरो नागरिकता भएका सांसद हरु को सांसद पद रद्ध गरिनु पर्छ । मधेशी नागरिक हरु सोझा ईमान्दार र देस भक्त छन् यसमा कुनै संका छैन तर तिनीहरूका टाउकाहरू लाई कसरी र कुन अर्थ मा स्वाभिमानी को संज्ञा दिने जसले जति वेला पनि भारतकै पक्ष पोषण गरिरहेका हुन्छन उसकै गुणगान गाइरहेका हुन्छन र नेपालीको शिर झुकाउने खाल का अभिव्यक्ति दिरहेका हुन्छन।
मधेसी जनता जिन्दावाद ।
मधेशी dalaalaharu लाई मरे पनि जिन्दावाद भन्न सकिन्न ।