३१ जेष्ठ २०८१, बिहीबार

कर्णालीमा मंगलबार २९ जना कोरोना भाइरसका संक्रमित

एसीपी संवाददाता

२० जेष्ठ २०७७, मंगलवार ०८:०८ मा प्रकाशित

जेठ २० सुर्खेत – कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार थप २९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये २७ जना पुरुष र २ जना महिला रहेका छन्।

मंगलबार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिको परीक्षणको रिपोर्टमा सुर्खेतका ११, सल्यानका ९ र अछामा ९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । संक्रमितहरु १४ देखि ५० वर्ष उमेर समूहका रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x