जनमत पार्टी बाँकेद्वारा बिबादास्पद चौक सम्बन्धि ज्ञापनपत्र


जनमत पार्टी बाँकेद्वारा मधेश सहिद चौक निर्माण सम्बन्धित ज्ञापनपत्र नेपालगन्ज उपमहानगरपालिका का मेयर डा.धवल शम्शेर राणालाई हस्तान्तरण गरिएको छ।
२०६२-६३ सालमा भएको मधेश बिद्रोहमा सहिद बनाइएकाहरुको पहिचानको लागिको लागि उत्तिखेर नै मधेशी सहिदको नाममा चौकको नामाकरण गरिएको थियो तर पछिल्लो वर्ष उपमहानगरपालिका नेपालगन्ज तथा उद्योग बाणिज्य संघ नेपालगन्जको अगुवाइमा चौक मर्मतको नाममा तोडफोड गरियो त्यसैलाइ लिएर जनमत पार्टीले लगातार बिरोध जनाउँदै तथा मधेश सहिद चौक निर्माणको पहल गर्दै आएको छ ।

पछिल्लो साता फेरी नया कर्फ्यु जारी भयो त्यसैको मौका छोपी उपमहानगरपालिकाले आफ्नो मनोमानी तरिकाले चौक बनाउने कोसिस गरेकोले, जनमत पार्टी बाँकेले संज्ञानमा लिई आज मिति२०७७/०२/२२ गतेका दिन नेपालगन्ज उपमहानगरपालिकामा गई मधेश सहिद चौक निर्माण सम्बन्धि आफ्नो धारणा स्पष्टताका साथ राखेको छ ।
ज्ञापनपत्र जनमत पार्टीका नेता इरफान अहमद शेषको नेतृत्वमा लगिएको थियो साथै जिल्लाका प्रमुख नेताहरू जाबिर हल्वाइ,हरपाल सिंह सिख, रियाज अंसारी, मेराज अंसारी, शैलेन्द्र कर्ण, मुकिम अंसारी, अल्ताफ हुशेन राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
त्यसै भेटघाटको क्रममै उपमहानगरपालिकाको अन्य कामकाजको बारेमा पनि छलफल गरिएको थियो।