नेपाल–भारत सीमाबाट नेपाल ल्याइएका नेपालीहरुको व्यवस्थापन सरकारले गर्न नसकेको आरोप


सांसदहरुले नेपाल–भारत सीमाबाट नेपाल ल्याइएका नेपालीहरुको व्यवस्थापन सरकारले गर्न नसकेको आरोप लगाएका छन् । सिंहदरबारमा शनिबार बसेको संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति बैठकमा उनीहरुले नेपालीहरुलाई स्वदेश भित्राउनु राम्रो काम भएपनि उनीहरुलाई नेपालमा व्यवस्थापन गर्न नसकिएको आरोप लगाएका हुन् । नेपाल ल्याएपछि डव्लुएचओको मापदण्ड अनुसारको क्वारेन्टाइनमा राख्नुपर्ने भएपनि पूर्वाधार प्रत्याप्त नभएको उनीहरुले बताए । बैठकमा कांग्रेसका सांसद पुष्पा भूषालले भारतबाट नेपाल भित्राइएका नेपालीहरुलाई व्यवस्थीत क्वारन्टाइनमा राख्नुपर्ने बताउनुभयो । उहाले कोरोना नियन्त्रणको प्रभावकारी पूर्वाधार गरेर छिटै अन्य देशमा रहेका नेपालीहरुलाई स्वदेशमा ल्याउनुपर्ने जिकिर गर्नुभयो । त्यस्तै सांसद राम कार्कीले सीमाबाट भित्रने नेपालीको यकिन तथ्याङ् र ठेगाना राख्नुपर्ने तथा उनीहरुलको पिसिआर बिधिबाट जाँच गरेपछिपनि केहि दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताउनुभयो । बैठकले वार्षिक प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । प्रतिवेदमा विदेशमा रहेका नेपालीको कोभिड–१९ को महामारीबाट सुरक्षा, उनीहरुका समस्या सम्बोधन, बन्दाबन्दीले विदेशमा अलपत्र परेका नेपालीको उद्धार, लिपुलेक क्षेत्रमा निर्मित सडक, लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी भू–भागमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न सरकारलाई दिएको सुझाव र निर्देशन उल्लेख गरिएको पवित्रा निरौला खरेलले बताउनुभयो ।पवित्रा निरौला खरेल, सभापति, अन्तराष्ट्रिय सम्बन्ध समिति त्यस्तै समिति सदस्यहरुले भारतबीचको सीमा क्षेत्रमा सुरक्षा जाँच चौकी (बिओपी) स्थापना, नेपालको नयाँ नक्सा जारी भइसकेपछि चीन र भारतले नेपाललाई पठाएका कूटनीतिक पत्राचार प्रतिवेदनमा थप्नुपर्ने सुझाव दिएका थिए ।