७ कार्तिक २०८१, बुधबार

कांग्रेस नेतृ आरजु राणा देउवाको संस्था सुरक्षित मातृत्व सञ्जाल द्धारा औषधि र स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

एसीपी संवाददाता

१८ जेष्ठ २०७७, आईतवार १२:४५ मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोगको रोकथाम, नियन्त्रण र उपचारको लागि खटिरहेका जिल्ला अस्पताल बैतडीका स्वास्थ्यकर्मीहरुको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको छ ।. नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले अस्पताललाई आइतबार औषधि र स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो । उक्त संस्थाले अस्पताललाई पिपिई ८ सेट,सेनिटाइजर १० लिटर,भर्मलगन १ थान,पञ्जा ५ प्याकेट, पेपर मास्क ९ प्याकेट,बुट ५ जोडी,एम ९५ मास्क ५० वटा, साबुन ७० पिस,सेनेटरी प्याड ९६ वटा,औषधि(भिटामिन र मेट्रो) ४०० वटा प्रदान गरेको हो ।

संस्थाले नेपाल तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टमार्फत अस्पताललाई उक्त सामग्री हस्तान्तरण गरेको हो । उपाध्यक्ष भट्टले अस्पतालमै गएर आइतवार उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । उपाध्यक्ष भट्टले अग्रमोर्चामा रहेर अहोरात्र खटेर कुसल सेवा प्रवाह गरिरहनु भएका स्वास्थ्यकर्मीहरु प्रती सम्मान व्यक्त गर्दै कोरना संक्रमण विरुद्धको लडाइँ जित्नका लागि स्वास्थ्यकर्मी को अहम भुमिका भएकाले उच्च सतर्कताका लागि समेत अनुरोध गर्नु भयो । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारको पहिलो घेरामा बसी कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको प्रत्याभूती दिंदै मनोबल उच्च पार्न उक्त सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ ।

सुरक्षा सामग्री आवश्यक रहेको र यसले स्वास्थ्यकर्मीको सुरक्षा र मनोबलमा महत्वपूर्ण योगदान पुग्ने अस्पतालले जनाएको छ । संस्थाले उपलब्ध गराएको औषधि र स्वास्थ्य सुरक्षा सामग्री कोरोना भाएरसकाबिरुद्ध काम गर्न सहज हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिनुभयो । संस्थाले उक्त कार्य सह्रानिय रहेको भन्दै अस्पतालले सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपाललाई धन्यवाद ज्ञापन गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x