१७ मंसिर २०८०, आईतवार
सोमबार सबै उच्च्तम कोरोना संक्रमित संख्याको पुष्टि,नेपालमा संक्रमित १७९३


नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ७९३ पुगेको जनाए । दैलेखका ४१ ,कपिलवस्तुका ४०, सर्लाहीका ३८,जुम्लाका १९,रौटहतका १८,कैलालीका १४,सल्यानका १०,दाङका ९,बाँकेका ७, धनुषाका ७, सुर्खेतका ५, सिरहाका ५ ,नवलपरासी पूर्वका ३,झापाका २,महोत्तरीका २,मकवानपुरका १,उदयपुरका १,अछामका १,बैतडीका १,डोटीका १,कञ्चनपुरका १
Subscribe
Login
0 Comments