३१ जेष्ठ २०८१, बिहीबार

कोरोना आशंकामा आइसोलेसनमा उपचाररत एक बालिकाको मृत्यू

एसीपी संवाददाता

१८ जेष्ठ २०७७, आईतवार ०९:१६ मा प्रकाशित

बाजुरामा कोरोना आशंकामा आइसोलेसनमा उपचाररत एक बालिकाको मृत्यू भएको छ । सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिकाको २ वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।

बुढीगंगा नगरपालिका–१ घर भएकी बालिकालाई जेठ १५ गतेबाट आइसोलेसनमा राखेर उपचार गरिँदै आइएको थियो । बालिका पखाला, ज्वरो र श्वासप्रश्वास समस्याबाट ग्रसित रहेकी थिइन् ।

‘अवस्था निकै चिन्ताजनक रहेको र बचाउन नसकिएको’ उपचारमा संलग्न चिकित्सकहरुको प्रतिक्रिया छ । मृतक बालिकाको स्वाब संकलन गरिएको र रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x