३१ जेष्ठ २०८१, बिहीबार

आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

१८ जेष्ठ २०७७, आईतवार १३:४१ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको जाँचका क्रममा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ । प्रदेश १ मा १६५ जना, प्रदेश २ मा ६२४ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २३ जना, प्रदेश ५ मा ५६० जना, कर्णाली प्रदेशमा १२३ जना र सुदूरपश्चिम प्रदेशमा २७ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिनुभयो । यस्तै कोरोना भाइरस (कोभिड(१९) बाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार मृत्यु भइसकेका दुईजनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै मृतकको संख्या आठ पुगेको हो । प्रवक्ता देवकोटाले दैलेखको दुल्लु नगरपालिका(७ को क्वारेन्टाइनमा रहेका दुल्लु ११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको बताउनुभयो । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६७ हजार ५ सय ८२ र आरडीटी विधिबाट एक लाख ११ हजार १ सय ९ जनाको नमुना परीक्षण गरिएको छ । गत २४ घन्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडीटी विधिबाट ४ हजार ५४ नमुना परीक्षण भएका छन् । यस्तै आइसोलेसनमा १ हजार ३ सय ४९ जना रहेका छन् भने क्वारेन्टाइन बस्नेको संख्या १ लाख १९ हजार १९२ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x