५ असार २०८३, शुक्रबार
नवलपरासी पश्चिम नवलपरासीमा मंगलवार थप १२ जनामा कोरोना संक्रमण पुष्टि

संजय कुशवाहा । जेठ २० गते ७८ जनाको स्वाब संकलन गरी परीक्षणको लागि काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा सुस्ता गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्ति वडा नम्वर १ का ४० वर्षका दुईजना, २४, २६, ४८ र ५६ वर्षका एक/एक जना गरी ६ जना , वडा नं. ३ का १६ र ३० वर्षीय गरी २ जना, यसैगरी वडा नं.४ का ४० वर्षीय १ जना र वडा नं.५ का १६,२३,र२७ वर्षका ३ जना पुरुषहरु रहेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए । यसअघि सुस्तामा ४ जनामा संक्रमण पुष्टि भएकोमा २ जना निको भई घर फर्किसकेका छन् । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । संक्रमितहरु भारतका विभिन्न ठाउँबाट आएर क्वारेन्टाइन बस्दै आएका थिए ।
Subscribe
Login
0 Comments



