७ कार्तिक २०८१, बुधबार

४४ हजार बराबरको सरसफाई सामाग्री सहयोग

एसीपी संवाददाता

१९ जेष्ठ २०७७, सोमबार १२:०४ मा प्रकाशित

कोरोना भाइरसको संक्रमणबाट बचाउन नेपालगञ्ज क्वारेन्टाइनका लागि ४४ हजार बराबरको सरसफाई सामाग्री सहयोग प्रदान गरिएको छ ।

सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मंच (एसडिएफ) बाँकेले क्वारेन्टाइनमा बस्नेहरुको सरसफाईका लागि भनेर सोमबार नेपालगञ्ज उपमहानगरपालिकालाई ४३ हजार ७ सय ७० रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको हो ।

मञ्चका अध्यक्ष चम्प सिंह थापाले उमहानगरपालिकाकी उपमेयर उमा थापामगर र स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

उपमेयर थापाले कोरोना महामारी नियन्त्रणका लागि मंचले निरन्तर सहयोग गरिरहेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले यसरी नै हातेमालो गरेर नियन्त्रणमा जुटन अन्य संघ संस्थालाई अनुरोध समेत गर्नुभयो ।

पछिल्लो समय भारतबाट फर्किने नेपालहरुको संख्या बढेपछि क्वारेन्टाइनमा राखिनेहरुको संख्या पनि बढेको छ । यस अवस्थामा स्वच्छतामा बिशेष जोड दिनका लागि साबुन एक हजार वटा, हयाण्ड वास (लिक्विड) एक सय १५ वटा, र सर्जिकल ग्लब्स ४० प्याकेट सहयोग गरिएको मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो ।

मंचद्धारा युवाहरुको क्षमता बिकास, सीप अभिबृद्धि लगायतका क्षेत्रमा नेपालगञ्जमा २०१६ देखि २०२० सम्म युवा शशक्तिकरण बुलगारी परियोजना संचालित छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x