९ माघ २०८२, बिहीबार
कोरोना भाइरसको हाटस्पाट मानिेने नरैनापुरमा सेवा दिन सफल स्वास्थ्यकर्मी

नेपालगंज २० गते नरैनापुर । बाँकेको कोभिड १९ कोरोना भाइरसको हाटस्पाट मानिेने नरैनापुर गाउँपालिका मंगलबार सम्म त्यहाँ स्थित रहेको क्वारेन्टाइनले थूप्रै जनालाई सेवा प्रदान गरेको छ । त्यहाँ सेवा लिएका संख्या ९७८ जना रहेको छ ।

हाल सम्म सेवा लिइ डिशचार्ज भएका संक्रमण पुष्टि नभएकाको संख्या ७०९ जना रहेका छन् । संक्रमिण मध्य ३ जना निको भएर डिस्चार्ज भएका छन् ।

अहिले क्वारेन्टाइनमा संक्रमित संख्या ११६ जना छन् र १ जना गुल्मीका रहेका छन् । हाल ५ क्वारेन्टाइनमा बसी रहेका संख्या १५३ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ का फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो । नरैनापुर संक्रमितहरुलाई बिभिन्न क्वारेन्टाइन राखि उपचार भइरहेको छ र नरैनापुरका एक जना कोरोना संक्रमित ब्यक्तिको ज्यान गएको थियो ।
Subscribe
Login
0 Comments



