महामानव बि.पी कोइरालाले परिकल्पना गरेको प्रजातन्त्र यहि हो ?


के ??????

महामानव बि.पी कोइरालाले परिकल्पना गरेको प्रजातन्त्र यहि हो ?
जनता र देशको हक र अधिकारको निम्ति महामानव बि.पीको नेतृत्वमा हाम्रा पुर्खाहरुले लडेर सहादत प्राप्त गरेको के यहि दिन को निम्ति हो ?
जननायक नेता गिरिजा बाबुले माओवादीलाइ जङ्गलबाट सदन सम्म ल्याउदा कल्पना गरेको शान्ति र बिकास के यै दिन को निम्ति हो ??
४ जना कम्युनिष्ट नेताले आफ्नो नेतृत्वमा दिन नसकेको संविधान नेपाली कांग्रेस कै अर्का निष्ठावान,

त्यागी र सन्त नेता सुशील दा ले आफ्नो नेतृत्वमा सम्बिधानसभा मार्फत संविधान दिएको, यै भ्रस्टाचारी र हत्याराहरुको रजाइको निम्ति हो ??
पक्कै पनि होइन ।
अहिले वास्तवमा सरकारको गतिविधिले संघीय लोकतान्त्रिक गणतन्त्र माथी नै प्रस्न चिन्ह उठेको छ ।
शिक्षा र स्वास्थ्य जुन हरेक नागरिकहरूको मौलिक अधिकार हो त्यसमा सरकारको कुनै चासो नै देखिदैन। कृषिप्रधान देशमा कृषि आधुनिकीकरणको कुनै चिन्तन नै देखिदैन । कृषकले गरेको परिश्रमको फल कृषकले पाउदैनन, कारण बिचौलिया ।।जलबिधुतको धनी छ देश तर पर्याप्त मात्रामा बिजुली उत्पादनको कुनै नीति छैन । आफ्ना नागरिकलाई उनिहरुको दक्षता र योग्यता अनुसारको रोजगार उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी हो तर बाध्य छन नेपाली युवाहरु खाडी मुलुकमा ज्यानको बाजि लगाएर आफ्नो जिविका चलाउन।
अनि मेरो मनमा कहिले काहीँ प्रस्न उठ्ने गर्छ
गरिब जनता त अझै गरिबी कै रेखा मुनि छ्न् अनि यो लोकतन्त्र कस्का लागि त ??
एउटा राजा फालेर दस ओटा राजा स्थापित गर्न या एउटा निरंकुश फालेर अर्को निरंकुश स्थापित गर्न ??
अहिले सम्मको एतिहासिक राजनितिक परिवर्तन नेपाली कांग्रेस कै अगुवाइमा भएको देखिन्छ । नेपाली कांग्रेसले आफ्नो स्थापना काल देखि जति संघर्ष गरेको छ त्यसको आधा अवधी मात्र राज्य सन्चालनको जिम्मेवारी पाउने हो भने बि.पीको सुखी नेपाली समृद्ध नेपालको सपना अवस्य पूरा हुने थियो होला ।।