नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी रोकिराखेको ट्रकमा ठोक्किदा १२ जनाको मृत्यू ,२१ जना घाइते चारको अवस्था गम्भीर

निरुपमा गिरी / नेपालगंज, जेष्ठ १९ –
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको गाडी दुर्घटना थप एक जनाको मृत्यु भएको छ । यो सँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै जयन गएका थियो र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । बाँकी २१ जनाको भेरी अस्पतालमा उपचार भैरहेको छ र ४ जनाको अवस्था गम्भीर रहेको छ । राप्तिसोनारी गाउँपालिका–२, ठोरीस्थित जङ्गलमा भएको यात्रुबाहक बस दुर्घटनाका घाइतेको सनाखत भएको छ ।

दुर्घटनमा घाइते हुनेहरुमा दाङका ६, सल्यानका ९ जना र रोल्पाका ६ जना रहेको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेहरु दाङको धर्ना गाबिस–४ बसन्तपुरका ४५ बर्षीय मेगराज केसी, तुलसीपुर उमनपा–२ खैरीकोट दाङका ३९ बर्षीय बिष्णु गिरी, राजपुर गापा–६ दाङका २० बर्षीय दिपेश चौधरी, तुलसीपुर उमनपा–२ खैरीकोटका रुपलाल केसी, रहेका छन् । राजपुर–२ रैयानियाका २१ बर्षीय जीवन घर्ती, गढवा–६ दाङका २० बर्षीय भरत थापा रहनुभएको छ । यस्तै सल्यान, सिद्धकुमाख–५ का ४० बर्षीय तेज बहादुर बुढाथोकी, ठेगाना नखुलेका सल्यानका १८ बर्षीय धन बहादुर बोहरा, ५२ बर्षिय दिप बहादुर बुढा, सिद्धकुमाख–४ का २८ बर्षीय लोकेस घर्ती, सारदा–६ सल्यानका ३६ बर्षीया टीका चलाउने, सिद्धकुमाखकै शिव भण्डारी, सिद्धकुमाख–५ का २६ बर्षीय निम बहादुर ओली, १८ बर्षीय देवेन्द्र बुढाथोकी र १७ बर्षीय ज्ञान बहादुर बोहरा रहनुभएको छ । त्यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिलाका १७ बर्षीय सुनिल परियार, २० बर्षीय बिरेन्द्र परियार, १८ बर्षीय पुरन परियार, कुरैली गापा–२ रोल्पाका ५२ बर्षीय नर बहादुर बिक रहनुभएको छ । ठेगाना नखुलेका रोल्पाका ४० बर्षीय दिल बहादुर बिक, कुपनिया गापा–६ का २० बर्षीय मिनराज बिक रहनुभएको छ । घाइते २१ जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ ।

भारतबाट आएका ३३ (चालक र सहचालकसहित) यात्रुहरुलाई लिएर सल्यानतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राती सवा ब्राह बजेतिर रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा उक्त दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । कचनापुर र शमसेरगञ्जको बिचमा पर्ने ठोरी जङ्गलमा भएको उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । मृतक शबैको शव भेरी अस्पतालमा राखिएको छ । मृतक र घाइते सबैको स्वाब संकलन गरि कोरोना परिक्षण गरिने तयारी गरिएको अस्पतालले जनाएको छ । मृतकको अहिलेसम्म सनाखत हुन बाँकी रहेको जनाइएको छ ।



