९ माघ २०८२, बिहीबार
गड्डाचौकी सिमा नाका बाट एक हजार भन्दा बढी नेपाल प्रवेश
पश्चिमी सीमा नाका गड्डाचौकीबाट चार घण्टामा एक हजार ३५३ जनाको नेपाल भित्रिएका छन्। नेपालबाट भारततर्फ जाने भारतीयको संख्या भने २२० रहेको छ।
स्वदेश फर्किनेको तापक्रम नापेर व्यक्तिगत विवरण राखी गन्तव्यमा पु¥याउँदै आएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए। दैनिक विहान ६ बजेदेखि १० बजेसम्म भारतबाट नेपाल प्रवेश दिइने गरिएको छ।
लकडाउनका कारण भारतमा रोजगारी गुमेपछि फर्कनेहरुको सीमा नाकामा एक सातादेखि लर्को लागेको छ। भारतबाट फर्कनेहरुका कारण स्थानीय तहले सञ्चान गरेका क्वारेन्टाइन भरिभराउ भएका छन।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार सोमबार एक हजार ३५३, आइतवार तीन हजार ५८, शनिवार तीन हजार ७५२, शुक्रबार दुई हजार ७७८, बिहीबार दुई हजार ४०५, बुधबार एक हजार ५८६, मंगलबार ६९० र सोमबार दुई हजार ६३७ जना भारतबाट फर्किएका छन्।
Subscribe
Login
0 Comments



