१२ मंसिर २०८०, मंगलवार

कोरोना, किसान र अर्घाखाँची

एसीपी संवाददाता

१९ जेष्ठ २०७७, सोमबार ०५:५७ मा प्रकाशित

निर्मल पोखरेल- जेष्ठ १९ / लेख रचना लक डाउनको समय।

सेवाग्राही को न्यून उपस्थिती । अगाडिको ल्यापटपमा समाचार हेर्छु । एउटा समाचारले मन दुख्छ। रिस उठ्छ । दिल र दिमाग लाई बिक्षिप्त बनाउछ । समाचार हुन्छ कपिलबस्तु मेरो घर भएको नगर बुद्धभुमी १० का किसानले उत्पादन गरेको हरियो तरकारी कोरोन संक्रमित जिल्लाको भएको भनेर डम्पिङ साइट मा फ्याकियो । समचार खोलेर हेर्छु भिडियो सहित हुन्छ । मन झनै क्रुद्ध बन्छ ।किनकी उक्त कुकृत्य मा प्रहरी प्रसासन कै उपस्थिती हुन्छ । २-४ जना समाजिक अगुवा नाम धारी मनुवाहरु को बिबेक हीन वाणी सुनिन्छ । मन अझ अमिलो त त्यतिबेल हुन्छ जब अर्घाखाँची बाट सन्चालित एक अनलाइनले सगौरब लेख्छ कोरोना सन्क्रमित जिल्ला कपिलबस्तुको तरकारी नस्ट गरियो ! तरकारी केहि क्विन्टल थियो होला ।

तरकारिको मूल्य केही हजार थियो होला । तर नस्ट गरिएको तरकारिको मूल्य भन्दा हजारौ गुणा कपिलवस्तुका किसान को पसिना नस्ट भएको थियो ।कपिलबस्तुका किसानको भावना नस्ट गरिएको थियो । कपिल्बस्तु का किसान को मनोबल नस्ट गरिएको थियो ।किसान को अर्घाखाँची प्रतिको माया नस्ट गरिएको थियो । मैले जाने बुझे सम्म कपिलवस्तु नेपाल मै पर्छ । अर्घाखाँची र कपिलवस्तु बिच मा दसगजा छैन । कुनै जिल्ला आफैमा पुर्ण रुपमा आत्मनिर्भर हुनु एकदमै खुसिको कुरा । सायद बिश्वका कुनै देश पनि पुर्ण रुपमा आत्मनिर्भर छैनन । नेपालका कुनै जिल्ला हुने सम्भावना नै छैन ।

तरकारी डम्पिङ साइट मा फ्याक्ने हरुले चामल साबुन पानीले मिची मिची धोएर लैजाने रैछन कि । दाल स्यानिटाइजर मा पखालेर लैजाने रैछन कि ? तरकारी मा कोरोना देख्ने ले अरु सामान उतै उत्पादन गर्ने रैछन कि ? अलि धेरै उग्र हुन मन लाग्यो । तराकारी मा कोरोना देख्ने ले पैसा जम्मा गरि गरि कोरोना कै फ्याक्ट्री मा किन घडेरी किन्नुपर्ने होला? त्यो तरकारी फ्याक्दा सन्सार जिते जस्तो गर्ने हरुको कसैको पनि कपिलवस्तु रुपन्देही मा घर घडेरी नहोस । कामना । होइन भने घर घडेरी उतैको माया लाग्ने लाई तरकारि किन घिन लाग्दो रैछ? किनकी तरकारी उतपादन गर्ने किसान निरीह हुन्छ । किनकी किसान सोझो हुन्छ ।

किसान को अपहेलना कुनै हालत मा स्विकार्य हुन सक्दैन । ४०डिग्री माथिको उखरमाउलो गर्मी मा आफ्नो शरिरको पानी लाई पसिना बनाइ बगाएर तरकारि फैलाउने किसान को दुख देखेको हुदा मन दुखेको हुन सक्छ ।माफ पाउ । अहिले कपिलवस्तु मा बिपद देखिएको छ भोलि अर्को ठाउमा नि देखिन सक्छ । घृणा र तिरस्कार ले कोरोना जितिदैन । सम्यमता र सद्भाव ले नै हो बिपद बाट मुक्ती पाइने । जय किसान!! जय नेपाल !!!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x