रामको ससुराली जनकपुरमा प्रधानमंत्री ओली वीरुद्ध प्रदर्शन

प्रधानमंत्रीको सरकारी आवास बालुवाटारमा स्वयं प्रधानमंत्री केपी शर्मा ओलीले सीताको विवाह भएको अयोध्या भारत होइन नेपालकै भु भाग पर्साको थोड़ीमा भएको भन्ने बोलेपछि यतिबेला रामको ससुराली जनकपुरमा प्रधानमंत्री ओली वीरुद्ध प्रदर्शन भएको छ ।
बुधवार जनकपुरमा हिन्दू परिषद नेपालले प्रधानमंत्रिले बोलेको सब्द वापस लिनु पर्ने भन्दै चर्को विरोध गरेको हो ।
धर्मको विसयमा राजीनीतिक गर्न न हुने परिषदको बुझाई रहेको हिन्दू परिषद नेपालका जनकपुर नगर कमिटी अध्यक्ष मिथिलेश झाले न्यूज २४ लाई बताए ।
झाका अनुसार वैदिक र सांस्क़ृतिक रुपमा ओलीले विस्वका करोड़ो हिन्दूमाथि यो सांघातिक हमला गरेको आरोप लगाएका छन ।
परिषदले नेपालको रास्ट्रीय झंडा र हिन्दू परिषदले प्रयोग गर्ने रातो झंडा लिएर जनकपुरको रामानन्द चौक बाट रयाली सुरु गरेर नगरको बिभिन्न भागको परिक्रमा गर्दै राजा जनकको मुख्य मन्दिर रहेको जनक चौकमा पुगेर कोन सभामा परिणत भएको थियो ।
कोनसभामा परिषदका अध्यक्ष मिथिलेश झा, नागरिक समाजका मुरली मनोहर मिश्र सहीद आधा दर्जन व्यक्तिले प्रधान मंत्रीको राम, सीता, अयोध्या र जनकपुर वारेको बेतुका अभिव्यक्तिले सींगों राष्ट्रको साख गरेको आक्रोश व्यक्त गरेका छन ।
रामनन्दीय वैष्णव संघको आपत्ति

एता रामनन्दीय वैष्णव संघले एक विज्ञप्ति जारी गरेर विरोध गरेको छ ।
संघका महासचिव नवल किशोर शरणको हस्ताक्षर सहीतको विज्ञप्तिमा भगवान रामको जन्मस्थल भारतको उत्तर प्रदेश स्थित अयोध्या जो सरयुग नदीको किनारामा रहेको र सीताको जन्म मिथिलाको तत्कालीन राजधानी हालको जनकपुरधाममा भएको उल्लेख गरेका छन ।
विज्ञप्तिमा प्रधानमंत्री जस्तो व्यक्तिले बोलेको राम जन्म भूमि वारेको अभिव्यक्तिले विस्वका हिंदुहरुको आस्थामा प्रहार नै भएको उल्लेख छ ।
यस अभिब्यक्तिले नेपाल र भारतको पुरानो ऐतिहाशिक सम्बंध समेत प्रभावित भएको र उक्त अभिव्यक्ति स्वयं प्रधामंत्रीले फिर्ता लिनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।
जानकी मन्दिरमा आज बैठक

रामको ससुराली जनकपुरको जानकी मन्दिरमा आजै प्रधानन्त्रीले दिएको अभिव्यक्ति वारेको विसयमा कसरी अगाडि बढ़ने विसयमा वृहत छल फलमा जुटेको छ । जानकी मन्दिर महंथ रामतपेस्वर दास वैष्णवले आज जनकपुरका नागरिक समाज, साधु समाज, स्थानीय युवा क्लव, पत्रकार लगायत संग विमर्श गर्न बैठक डांकेको सूत्रले जानकारी दिएको छ । आजको बैठकले एउटा ठोश निर्णय गरेर आन्दोलन सम्मको कार्यक्रम ल्याउन लागेको समेत विशेष सूत्रको दावी छ ।
यस अघि नै जनाकी मंदिरका महंथले प्रधान मंत्रीलाई रामको जन्म वारे यस्तो विवादित बयान न दिनु पर्ने तर्क अघि सारेका छन । उनले प्रधानमंत्रीलाई भगवानले सद्बुद्धि दिउन समेत बताई सकेका छन ा नागरिकता विधेयकको प्रतिलिपी जलाइ बिरोध गरेको छ । कार्यक्रममा पार्टीको गाउपालिका अध्यक्ष शेष अब्दुल वाहिद शेषको अगुवाइमा गरिएको छ उक्त कार्यक्रममा बिभिन्न पार्टीका कार्यकर्ता सहभागी भएको जनमत पार्टीका केन्द्रिय मो.इरफान शेष जनाएका छन् ।सभार – नेपाल लिक्स बाट


