१२ असार २०८३, शुक्रबार

सरकार असफल भएको घोषणा मात्रै गर्न बाकी

एसीपी संवाददाता

३० श्रावण २०७७, शुक्रबार ०५:२४ मा प्रकाशित

अब यो सरकार असफल भएको घोषणा मात्रै गर्न बाकी छ,स्वास्थ्य मन्त्रालयले ब्यावसायिक प्रतिष्ठान का कामदार र ब्यापारी हरुले कोरोना परिक्षण अाफ्नो खर्चमा अाफै गराउनुपर्ने भनेर सुचना प्रकाशित गरेको छ। के सबै भन्दा ठूलो अपराधी ब्यापारी नै हुन त ? के स्वाभिमान नभए क‌ै हो ? सरकारलाई हामीले पाल्ने,कर्मचारी लाई हामीले पाल्ने अापद बिपद परेको बेला राहत देखि लिएर सामाजिक उत्तरदायित्व हामीले निभाउने,राहत कोषमा सहयोग हामीले जम्मा गरिदिनु पर्ने,अनि ब्यावहार गर्दा सबैलाई सधैंभरि दलाल,भ्रष्टाचारी,तस्कर जस्तो ब्यवहार गर्ने ? हो होलान पनि कतिपय नेताहरु को अासेपासे र नाता गोता पर्ने कथित नामका ब्यापारी जो ब्यापारी नभई नेताहरुको कालो धनलाई सेतो बनाउने एजेन्ट हरु,ले गर्दा अाज सम्पूर्ण ब्यावसायी हरु लाई लज्जित हुन परि रहेको छ।अाज स्वच्छ रुपले व्यापार गर्ने को अबस्था कस्तो छ? सरकारले बुझ्ने प्रयास गरेको छ? हाम्रा सँघ सँस्थाबाट बुझाउने प्रयास गरिएको छ? के सबै ब्यावसायी अाफै पी सी अार गराउन सक्षम छन त? भनाइ को अर्थ के उघोगी ब्यावसायी प्रति सरकारको कुनै दायित्व छैन? यदि त्यसो हो भने हामीले मात्रै हाम्रो दायित्व सम्झेर कर बुझाई राख्ने हो? । लििलत रौनियार नेपालगंज स्थानिय ब्यापारी फेसबुक समाजिक संजालबाट ।

1.5 2 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x