३ असार २०८१, आईतवार

दैलेखको घोडावासमा बस दुर्घटना हुदा चालकको मृत्यु

एसीपी संवाददाता

२१ जेष्ठ २०७७, बुधबार १४:५६ मा प्रकाशित

दैलेख – जिल्लाको गुराँस गाउँपालिका वडा नं ४ को घोडावासमा बस दुर्घटना हुदा बस चालक को मृत्यू भएको छ । बुधबार भारतबाट आएका नागरिकहरु लिएर दैलेख आएको बस उनिहरुलाइ दैलेख छोडेर फर्केने क्रममा दुघटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिए ।

भारतबाट आएका नागरिकहरुलाइ क्वारेन्टिनमा छोडेर कन्चन्पुर जादै गरेको ना ५ ख १६८५ नंबरको बस दुर्घटना भएको हो । घटना स्थलमै चालक को मृत्यु भएको ट्राफिक कार्यलय दैलेखका चन्द्र कार्कीले जानकारी दिए ।

सहचालक घाइते भएको र उनलाइ तत्काल सुर्खेत उपचारको लागी पठाइएको कार्कीले बताए । बसका सह चालक कञ्चनपुर जिल्ला भिमदत्तनगपालिका ३५ बर्षीय जयराज अवस्थी घाईते भएको उनले जानकारी दिए । उनका अनुसार घटना साँझ ५ बजेतिर घटेको हो । गाडीमा अरु कोही नभएको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x