१२ असार २०८३, शुक्रबार

बिभिन्न माँग राख्दै महिला अधिकार मंच द्धारा सम्बन्धित निकायको ध्यानकर्षण

एसीपी संवाददाता

१६ श्रावण २०७७, शुक्रबार १५:४३ मा प्रकाशित

बिश्वमा फैलिएको कोभिड –१९ को माहामारीले हामी सबैलाई दुखित तुल्याएको कुरा सर्बबिदितै छ । त्यसै सन्दर्भमा यस बाँके जिल्लामा दिन प्रतिदिन कोभिड –१९ का बिरामी बढदै गईरहेको ले हामी नेपालीलाई झन चिन्तीत बनाएको छ । महिला माथिका हिंसा तथा घटनाहरु पनि बढी भएको देखिन्छ । बाँके जिल्लामा हालै थप २७ जना कोरोना संक्रमित भेटिएका छन । यस्तो माहामारीमा सामाजिक दुरी र नेपाल सरकारको नियम अनुसार माक्स नलगाउने प्राय सबै ठाउमा भिडभाड र सामुहिक भेला जस्तो अवस्था जताततै हेर्न सकिन्छ । पासको नाममा झन भारतबाट प्रवेश संख्या बढदो छ ।

बिषय ः प्रेस बिज्ञप्ती ।
आदर्णीय पत्रकार साथीहरु

बिश्वमा फैलिएको कोभिड –१९ को माहामारीले हामी सबैलाई दुखित तुल्याएको कुरा सर्बबिदितै छ । त्यसै सन्दर्भमा यस बाँके जिल्लामा दिन प्रतिदिन कोभिड –१९ का बिरामी बढदै गईरहेको ले हामी नेपालीलाई झन चिन्तीत बनाएको छ । महिला माथिका हिंसा तथा घटनाहरु पनि बढी भएको देखिन्छ । बाँके जिल्लामा हालै थप २७ जना कोरोना संक्रमित भेटिएका छन । यस्तो माहामारीमा सामाजिक दुरी र नेपाल सरकारको नियम अनुसार माक्स नलगाउने प्राय सबै ठाउमा भिडभाड र सामुहिक भेला जस्तो अवस्था जताततै हेर्न सकिन्छ । पासको नाममा झन भारतबाट प्रवेश संख्या बढदो छ । पत्रकार साथीहरु
एकातिर हामी नेपालीहरु कोभिड –१९ चपेटबाट गुज्रिरहेको अवस्था छ भने अर्काे तिर बाँके प्रशासनद्धारा थप पिडा दिने कार्य भईरहेको छ । १४ दिने क्वारेटिनको नाममा महिला तथा बालबालिकाहरु माथि अमानवीय ब्यब्हार गरेको देखिन्छ । एकातिर सम्बन्धीत निकायले धमाधम पास बनाउदै भारतबाट आउन र जान छुट दिएको देखिन्छ भने अर्काे तिर बडरक्षेत्रबाट आमनागरिकलाई समाती क्वारेटाईनमा राख्ने कार्य भई रहेको देखिन्छ । जसमा महिला र बालबालिकाहरु बढी पिडामा रहेका छन ।
पत्रकार साथीहरु
बहुमुखि क्याम्पस क्वारेन्टाईनमा राखिएका मानिसहरुलाई क्वारेन्टाईनको समयावधी नपुग्दै राजनैतिक पे्रशरमा छोडिने कार्य बारम्बार भईरहेको छ । पँहुचवालाहरुलाई १,२,३,४,५,६,७,८ दिन सम्ममा कहिले पुर्व सांसदको जिम्मामा छोडने,कहिले वडा अध्यक्षको जिम्मामा त कहिले ब्यक्ति बिशेषको फोनको भरमा छोडने कार्य निरन्तर जारी छ भने पहुच नभएका महिला र बालबालिकाहरु माथि अभद्र ब्यव्हार गर्नु, पोसिलो खाना नदिनु, बिरामी बच्चाको औषधी उपचार नगराउनु, पिटने धम्की दिने, महिलाहरु राती सुतेको अवस्थामा बाहिर चुक्ककुल लगाउनु, शौचालय जानछु ढोका खोल्नुस भन्दा जान नदिने थर्काउने, क्वारेन्टीन ब्यवस्थापनमा खटिएका कर्मचारीबाट मादक पदार्थ सेिवन गरि अबेर राती सुतिरहेका महिलाहरुको कोठामा लुकीछीपी हेर्ने र अपशब्द प्रयोग गर्ने जस्ता कार्य भईरहेकाले क्वारेन्टीनमा रहेका महिला तथा बालबालिकाहरुले आफुलाई असुरक्षित महसुस गरिरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो संवेदनशिल अवस्थामा सम्बन्धीत निकायका कर्मचारीबाट भईरहेको महिलाहिंसाको घटनामा हामी महिला अधिकार मञ्चले घोर आपत्ति तथा बिरोध गर्दछौ । समयमा हाम्रो मांग पुरा भएन भने हामी कडा आन्दोलन गर्ने चेतावनी चाहन्छौ
हाम्रा मांगहरु
१.महिलामैत्री सुरक्षित सुब्यवस्थित क्वारेन्टाईनको यथासिघ्र ब्यवस्था गरियोस । २.क्वारेन्टीनमा रहेका र हुने महिला तथा बालबालिकाहरुको छिटो भन्दा छिटो कोभिड –१९ चेकजांच गरियोस । ३.महिला अधिकार मञ्चका टोलीले बहुमुखि क्याम्पस क्वारेन्टाईनमा रहेका महिलाहरु संग भेटन खोज्दा र कुरा गर्न खोज्दा मोबाईल समेत खोस्न कोसिस गर्ने र अभद्र ब्यव्हार गर्ने कर्मचारी सई निम बहादुर बस्नेत तथा स्वास्थ्य शाखाबाट खटिएका जगेश्वरलाई तत्काल कार्यबाही गरियोस ।
सुमित्रा गुरताल केन्द्रिय सदस्य

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x