५ असार २०८३, शुक्रबार

मारवाडी समूदायले रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोपेथिक औषधी आर्सेनिक एल्बम ३०–सी एक करोड मानिसलाई निःशुल्क वितरण

एसीपी संवाददाता

३१ असार २०७७, बुधबार १३:२३ मा प्रकाशित

मारवाडी समूदायले रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोपेथिक औषधी आर्सेनिक एल्बम ३०–सी नेपालमा अहिलेसम्म एक करोड मानिसलाई निःशुल्क वितरण गरेको छ ।

आगामी दिनमा सबैमा यो औषधी पुर्याउनेगरि तयारी गरिरहेको पनि मारवाडी सेवा समिति र नेपाल राष्ट्रिय मारवाडी परिषदका पदाधिकारीहरूले जानकारी दिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनीहरुले यस्तो जानकारी गराएका हुन् ।

उक्त औषधी भारतलगायत अन्य देशबाट ल्याउने गरिएको छ। साक्षात्कारमा नेपाल राष्ट्रिय मारवाडी परिषदको अध्यक्ष तथा मारवाडी सेवा समितिका पूर्व अध्यक्ष पवन मित्तलले मारवाडी सेवा समितिको ईतिहासको बारेमा प्रकाश पार्दै समितिले विभिन्न सामाजिक काम गर्दै आएको जानकारी गराउयनुभयो । विश्वभरि फैलिएको कोरोना महामारीको बेलामा कसरी सेवा गर्ने भनेर बसिरहेको अवस्थामा होमियोपेथिक चिकित्सकहरुको आग्रहअनुसार आफूहरुले यो औषधी वितरण गरिरहेको पनि मित्तलले स्पष्ट पार्नुभयो ।

आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागले बनाएको प्रोटोकलमा यो औषधीको नामपनि परेको र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने कुरा उल्लेख गरेकोले आफूहरुले यो अभियान सुरु गरेको उहाको भनाई छ ,

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x