५ असार २०८३, शुक्रबार

मास्क नलगाएर हिड्नेहरुलाई बाँके प्रहरी द्धारा सचेत गराउदै

एसीपी संवाददाता

२८ असार २०७७, आईतवार १६:३१ मा प्रकाशित

मास्क नलगाएर हिड्नेहरुलाई बाँके प्रहरी द्धारा सचेत गराउदै कार्य थालेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले मास्क अनिवार्य गरेको छ । मास्क नलगाएर हिडेको पाइए कारवाही गर्न मातहतलाई निर्देशन पनि दिएको छ । नेपालगन्जको त्रिभुवन चोक, धम्वोजी, वीपी चोकमा मास्क नलगाएर हिड्ने सर्वसाधरणलाई धमाधम पक्राउ गर्दै जरिमाना तिराएको छ । मास्क नलगाएर हिड्नेलाई सय रुपैयाँ जरिमाना गर्ने गरिएको हो । बाँकेमा कोरोना संक्रमण दर घट्दै गएपछि बजारमा अस्वभाविक मान्छेको भीडभाड हुन थालेको छ । सामाजिक दूरी पालना गराउन असफल स्थानीय प्रहरी प्रशासन सर्वसाधरणलाई मास्क अनिवार्य गराउन भने तल्लिन भएको देखिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x