११ असार २०८३, बिहीबार

नेपालगञ्ज बजारमा कोरोनाको जोखिम बढिरहेकाले प्रहरी द्धारा मास्क वितरण

एसीपी संवाददाता

१५ श्रावण २०७७, बिहीबार ०३:०९ मा प्रकाशित

आफ्नाे सुरक्षा आफैं गराै । नेपालगञ्ज बजारमा कोरोनाको जोखिम बढिरहेकाले प्रहरीले मास्क वितरण गर्दै सामाजिक दुरी कायम गर्न र सेनिटाइजरको प्रयोग गर्न जनचेतनामूलक र्याली निकालेकाे छ ।

नेपालगञ्ज बजारमा निकालिएकाे जनचेतनामूलक र्यालीमा
मास्क लगाआै, सेनेटाइजरकाे प्रयाेग गराैं, सामाजिक दूरी कायम गराैं, आफ्नाे सुरक्षा आफैं गराै, काेराेनालाई भगाअाैं, बाहिर हिंडदा अनिवार्य रूपमा मास्क प्रयाेग गराै लेखिएकाे प्ले कार्ड बाेकि नगर परिक्रमा गरिएकाे छ ।

र्यालीमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, एसपी ओमबहादुर राना, एसपी दीपक अधिकारी, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका साथै पत्रकारहरुको उपस्थिति रहेकाे थियाे ।

अहिले नेपालगञ्ज बजारमा मास्क नलगाई हिड्नेहरु एकदमै बढेकाेले जोखिम बढाएको छ । प्रहरीले सडकमा मास्क नलगाई हिडेकालाई मास्क पनि वितरण गरिएकाे थियाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x