५ असार २०८३, शुक्रबार

मास्क नलगाई हिँड्डुल गर्ने १ सय १८ जना कारबाही

एसीपी संवाददाता

२९ असार २०७७, सोमबार १४:३२ मा प्रकाशित

नेपालगन्जमा मास्क नलगाई हिँड्डुल गर्ने १ सय १८ जना कारबाहीमा परेका छन् । उनीहरुलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम जनही १ सयका दरले जरिवाना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । कोरोना महामारीका बेला अनिवार्य मास्क लगाउनुपर्छ भन्ने सबैले सोच्न जरुरी रहेको र मास्क लगाएर मात्र हिंडडुल गरेमा केही हदसम्म कोरोनाबाट बच्न सकिन्छ भन्ने सोच सबैमा हुनु जरुरी रहेको प्रजिअ कुरुम्बाङले बताउनुभयो । मास्क नलगाए कारबाही गर्ने ठूलो कुरा नभएको भन्दै मास्क लगाए आफू सुरक्षित हुने र संक्रमण फैलिनबाट बच्ने भएको प्रजिअ कुरुम्बाङले भन्नुभयो । सरकारले लकडाउन खुकुलो पारेसँगै सर्बसाधारणले मास्क नलगाई हिंड्डुल गर्न थालेपछि गृह मन्त्रालयले कोरोना भाइरस संक्रमण फैलिन नदिन सबैलाई अनिवार्य मास्क लगाई हिंड्डुल गर्न निर्देशन दिएको हो । सर्बसाधारणहरु मास्क नलगाई हिंड्डुल गर्न थालेपछि गृह मन्त्रालयले सबै जिल्लामा पत्राचार गर्दै मास्क नलगाए संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कारबाही गर्न निर्देशन दिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x