१४ आश्विन २०८३, बुधबार

भारतीय प्रधानमन्त्री मोदी लद्दाखको लेहमा,चिनी बिदेश मन्त्रालय द्धारा कसैले पनि सम्बन्ध बिगार्न नहुने आग्रह

एसीपी संवाददाता

१९ असार २०७७, शुक्रबार ०८:२६ मा प्रकाशित

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री शुक्रबार बिहान केन्द्रशासित प्रदेश लद्दाखको लेह पुगेका छन् । जुन १५ गते भारत–चीन सीमामा भएको झडपपछिको अवस्थाको समीक्षा गर्नका लागि मोदी लेह पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चिनी बिदेश मन्त्रालय द्धारा कसैले पनि सम्बन्ध बिगार्न नहुने आग्रह गरेको छ ।

१५ जुनमा चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

मोदीको लेह भ्रमणबारे जानकारी दिँदै भारतको सरकारी सञ्चारमाध्यम प्रसार भारतीले ट्वीट गरेको छ, ‘प्रधानमन्त्री मोदी अहिले निमु पुग्नु भएको छ । उहाँ आज बिहान त्यहाँ पुग्नु भएको हो । प्रधानमन्त्रीले त्यहाँ भारतीय सेनाका जवान, एयर फोर्स र आईटीबीपीका सुरक्षाकर्मीसँग कुरा गरिरहनु भएको छ ।’

यसअघि रक्षामन्त्री राजनाथ सिंह लेह जाने तय भए पनि बिहीबार मात्रै उनको भ्रमण स्थगित गरिएको थियो । प्रधानमन्त्री मोदीसँग भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ् डिफेन्स बिपिन रावत पनि लेह गएका छन् । चीनसँग सीमा विवाद उत्कर्षमा पुगिरहेका बेला सीमामा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन मोदी लेह पुगेको बताइएको छ । सभार – ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x