१२ असार २०८३, शुक्रबार

नवलपरासीमा प्रहरीद्वारा १ लाख १ हजार बराबरको मालसामान नियन्त्रण

एसीपी संवाददाता

२१ श्रावण २०७७, बुधबार १५:०३ मा प्रकाशित

संजय कुशवाहा / नवलपरासी जेठ २१ पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सरावल गाउपालिका वडा न.६ बड्सारेबाट बुधबार दिउँसो प्रहरी चौकी महेशपुरले नेपालबाट भारत तर्फ अवैध रूपमा भित्र्याउनको लागि कैले भारतबाट नेपाल भित्र्याउनको लागि मटर (केराउ ) साडी ,लेडिज कुर्ता ,जेन्स भित्री कपडा ,धनियाको बिउ लगायत करिब १ लाख १ हजार ३ सय ८० मुल्य बराबरको मालसामान नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ । उक्त नियन्त्रण गरिएको मालसामान साइकल र मोटरसाइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि सामान फालेर भागेका थिए । सकृय बन्दै गएकाे सिमा प्रहरी चौकी महेशपुरको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे मालसामान नियन्त्रणमा लिन सफल भएकाे थियो । उक्त मालसामान आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x