१६ आश्विन २०८३, शुक्रबार

नवलपरासीमा प्रहरीद्वारा ३ लाख बराबरको केराउ बरामद

एसीपी संवाददाता

२३ श्रावण २०७७, शुक्रबार १५:२६ मा प्रकाशित

संजय कुशवाहा / साउन २३ पश्चिम नवलपरासीको सिमाबाट ३ लाख २० हजार मूल्य बराबरको अबैध केराउ प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालबाट भारततर्फ अबैध रुपमा लग्दै गरेको ६४ बोरा (३२ क्विन्टल ) केराउ प्रतापपुर गाउँपालिका वडा न.५ धर्मौलीबाट प्रहरी चौकी बसहियाले नियन्त्रणमा लिएको हो । उक्त नियन्त्रण गरिएको केराउ साइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि केराउ फाली साईकल सहित मानिस भागेका थिए । उक्त केराऊ आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x