११ असार २०८३, बिहीबार

नवलपरासीमा प्रहरीद्वारा अबैध केराउ नियन्त्रण

एसीपी संवाददाता

१६ श्रावण २०७७, शुक्रबार १४:४८ मा प्रकाशित

संजय कुशवाहा / नवलपरासी साउन १६ पश्चिम नवलपरासीको सिमाबाट १लाख ३० हजार मूल्य बराबरको अबैध केराउ प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार राति प्रतापपुर गाउँपालिका वडा न.४ र सरावल गाउँपालिका वडा न.६ को सिमा बर्गदवा चोक भन्दा दक्षिण स्थित दशगजामा नेपालबाट भारततर्फ अबैधरुपमा लग्दै गरेको २६ बोरा केराउ (१३ क्विन्टल ) प्रहरी चौकी पचपेडाले नियन्त्रणमा लिएको हो । उक्त नियन्त्रण गरिएको केराउ साइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि केराउ र साईकल फाली भागेका थिए । उक्त केराऊ र साईकल आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x