५ असार २०८३, शुक्रबार

नेबिसंघ क्याम्पस ईकाई समितीद्वारा जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत सम्मानिय प्रधानमन्त्रीलाई उपहार

एसीपी संवाददाता

६ असार २०७७, शनिबार ०३:३३ मा प्रकाशित

वीरगंज, असार – नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समितिका अध्यक्ष मनोज कुमार साहको नेतुत्वमा गएको टोलिले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगि प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की मार्फत सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई उपहार पठाईएको हो। विश्वभरी कोरोनाको महामारीले नेपाल लगायत पुरै विश्व नै प्रभावित र त्रासित छ । कोरोना विरुद्धको संघर्षका क्रममा नेपाल सरकार प्रदेश सरकार तथा स्थानिय सरकारले गम्भीरता नराख्दा यो माहामारीको जोखिम अप्रत्यासित रुपमा तिब्र गतिमा बढ्दै गैरहेको नेबि संघले आरोप लगाएका थिए ।

त्यसै गरि लकडाउनको अवधिभर आम नागरिकहरुमा त्रास बढ्दै गैरहेको अवस्थामा सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युले जनतालाई ईम्युनिटी बढाउन अदुवा , बेसार र लहसुन खान प्रेरित गर्नु भएको हुदा यदि यि बस्तुहरुले ईम्युनिटी बढाउने हो भने सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको सुस्वाथ्य लाभको कामना गर्दै ईम्युनिटी बढाउन अदुवा , बेसार र लहसुन नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाईले उपहार स्वरुप पठाएको अध्यक्ष मनोज कुमार साहले पर्सा पोस्टलाई जानकारी गराउनु भयो । प्रधानमन्त्रीलाई उपहार दिन नेबि संघका युवा नेता धिरज गुप्ता , बिनोद पाण्डे , अन्जन गुप्ता , उपेन्द्र यादव , राहुल शर्मा , राजीब गुप्ता, राजा गुप्ता , जयप्रकाश ठाकुर , राम महतो, भुपेन्दर यादव र नेबि संघका जिल्ला सदस्य राहुल गुप्ता समेतको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x