१२ असार २०८३, शुक्रबार

नेपालमा थप ५२५ जनामा कोरोना

एसीपी संवाददाता

२९ श्रावण २०७७, बिहीबार १३:४६ मा प्रकाशित

स्वास्थ्य मन्त्रालय पत्रकार सम्मेलनमा थप ५२५ जनामा कोरोना देशका बिभिन्न ३८ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ५२५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबार काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंका १११, ललितपुरमा ११ र भक्तपुरका ५ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताउनुभयो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २४,९५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । महोत्तरीका ४५ बर्षिय एक पुरुष, धनुषा ढल्केवरका ८५ बर्षिया महिला, अछामका १८ बर्षिय पुरुष र मोरङका ५७ बर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यो संगै नेपालमा मृत्यु हुनको संख्या ९५ पुगेको उहाले बताउनुभयो ।
बिहीबार थप १०९ जना डिष्चार्ज भएका छन् भने हालसम्म १६८३७ जना डिष्चार्ज भएको मन्त्रालयले जनाएको छ । हाल देशभरि क्वारन्टाइनमा १४,७६९ जना छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x