५ असार २०८३, शुक्रबार

सञ्चारकर्मीलाई प्रेस युनियन बाँकेको राहत सामाग्री वितरण

एसीपी संवाददाता

२७ असार २०७७, शनिबार १५:०५ मा प्रकाशित

नेपालगन्ज / कोरोना भाइरस कोभिड–१९ का कारण सञ्चारकर्मीलाई नेपाल प्रेस युनियन बाँकेले शनिबार राहत सामाग्री वितरण गरेको छ । युनियनको जिल्ला कार्यसमिति बैठकले यसअघि ‘कोभिड–१९ एनपियु राहत कोष’ घोषणा गरेको थियो । युनियनले निर्धारण गरेको मापदण्ड अनुसार तत्कालका लागि अति समस्यामा परेका १० जना सञ्चारकर्मीलाई शनिबार राहत सामाग्री उपलब्ध गराइएको हो ।

राहत प्याकेजमा चामल, दाल, पिठो, तेल, नुन र साबुन रहेको छ । उक्त राहत प्याकेज युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले सञ्चारकर्मीलाई हस्तान्तरण गरे । कोरोना भाइरस ९कोभिड–१९०का कारण अति समस्यामा परेका जिल्लाका सञ्चारकर्मीको पहिचान गरी राहत प्याकेज उपलब्ध गराइएको उनले बताए ।

कोरोना भाइरसका कारण कतिपय सञ्चार माध्यम बन्द भएका छन्, अनेक कठिनाईकाबीच चलेका सञ्चार माध्यमले पनि सञ्चारकर्मीलाई तलब, सुबिधा दिन सकेका छैनन्, यस्तो अवस्थामा अति समस्यामा परेका सञ्चारकर्मीको पहिचान गरी युनियनले राहत प्याकेज उपलब्ध गराएको हो,’ अध्यक्ष ओलीले बताए ।

अति समस्यामा परेका सञ्चारकर्मीको पहिचान भएमा युनियनले निर्धारित मापदण्ड अनुसार राहत प्याकेज उपलब्ध गराउने युनियन बाँकेका सचिव विजय मल्लले जानकारी दिए । उनले युनियन बाँके शाखाले यसअघि आफ्नो लोगो अंकित प्रेस ज्याकेट आफ्ना सदस्यलाई वितरण गरेको बताए । प्रेस ज्याकेट अभावका कारण समाचार संकलनमा हुने कठिनाई अन्त्य गर्न युनियन बाँके शाखाले ज्याकेट वितरण गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x