प्रशासन कार्यालय बाँकेले जारी गरेको निषेधज्ञा मंगलबार नेपालगंज बजार सुनसान

जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको निषेधज्ञा मंगलबार नेपालगंज बजार अहिले सुनसान देखिएको छ । यसैबीच नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि उप महानगरपालिका कार्यालय सिल गरिएको छ ।
नेपालगंज उप महानगरपालिका वडा नम्बर १ एक जना जना प्रतिनिधी सहित बिभिन्न वडा कार्यालयमा कार्यरत रहेका कर्मचारीहरूमा एक जना अधिकृत, सरसफाई शाखा प्रमुख, वडा सचिव, आईटी ईन्जिनियर, कम्प्युटर अपरेटर, कर्मचारी, जग्गा व्यवसायी र पसले रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार तीन जनामा स्वास्थ्य समस्या देखिएको छ । उनीहरू सबैलाई आईशालेशनमा राखिएको छ । सा्ेमबार कोरोना संक्रमण पुष्टि भए पछि नेपालगंज उपमहानगरपालिका सिल गरिएको छ । बाँकेमा अहिले सरकारी कार्यालय, अदालत, यातायात कार्यालय , राजश्व कार्यालयमा समेत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो भने नेपालगंजमा ३ दिनका लागि निषेधज्ञा जारी गरेको छ ।



