५ असार २०८३, शुक्रबार

टेलिकम व्यवस्थापनमा स्वेच्छाचारी रवैया देखा परेको भन्दै आन्दोलन सुरु

एसीपी संवाददाता

७ श्रावण २०७७, बुधबार १४:४९ मा प्रकाशित

फाइल / तस्बिर

नेपाल टेलिकममा कार्यरत कर्मचारी युनियनको संयुक्त संघर्ष समितिले टेलिकम व्यवस्थापनमा स्वेच्छाचारी रवैया देखा परेको भन्दै आन्दोलन सुरु गरेका छन् ।
टेलिकमका कर्मचारी संगठनहरुले संयुक्त रुपमा बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भिर मोडमा पुगेको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गर्न केन्द्रीय कार्यालय भित्रै धर्ना दिएका हुन् । ९२ प्रतिशत सरकार र ८ प्रतिशत कर्मचारी तथा सर्व साधारणको शेयर रहेको टेलिकममा बाह्य हस्तक्षेप आन्तरिक ढिलासुस्तीका कारण समस्या उत्पन्न हुन थालेको कर्मचारीहरुको भनाई छ । उनीहरुले समय अनुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यवसायीक क्षमता अभिवृद्धि तर्फ समेत ध्यान नदिँदा कम्पनीमा नकारात्मक संकेत देखिन थालेको आरोप लगाएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव प्रसाद पनेरुले पछिल्लो समय राजस्व घटेको, कर्मचारीको वृत्तिविकासमा संकुचनको अवस्था आएको र सरकारले मोबाइल सेवाको नविकरणमा विभेद गरेको भन्दै बाध्य भएको आन्दोलन गर्नु परेको बताउनुभयो ।
नविकरण दस्तुर वैज्ञानिक बनाउनु पर्ने, संस्थाको आन्तरिक सवलीकरणका लागि कम्पनी पुनर्संरचना गर्नुपर्ने र वृत्ति विकासको अवसर रहने गरि लागू गर्नुपर्ने माग उनीहरुको छ । सरोकारका बिषयमा सरकारलाई बारम्बार जानकारी गराउँदा समेत अहिलेसम्म कुनै निर्णय हुन नसकेको उनीहरुको गुनासो छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x