११ असार २०८३, बिहीबार

बाँके प्रशासनले शनिवार रातीदेखि लगाएको निषेधाज्ञा जारी राख्ने निर्णय

एसीपी संवाददाता

२० श्रावण २०७७, मंगलवार ०९:३८ मा प्रकाशित

बाँके प्रशासनले शनिवार रातीदेखि लगाएको निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले निषेधाज्ञालाई ४ दिन थप गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिएको आंशकामा आइतवारदेखि जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको निषेधज्ञा मंगलबार नेपालगंज बजार अहिले सुनसान देखिएको छ । यसैबीच नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि उप महानगरपालिका कार्यालय सिल गरिएको छ ।
नेपालगंज उप महानगरपालिका वडा नम्बर १ एक जना जना प्रतिनिधी सहित बिभिन्न वडा कार्यालयमा कार्यरत रहेका कर्मचारीहरूमा एक जना अधिकृत, सरसफाई शाखा प्रमुख, वडा सचिव, आईटी ईन्जिनियर, कम्प्युटर अपरेटर, कर्मचारी, जग्गा व्यवसायी र पसले रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार तीन जनामा स्वास्थ्य समस्या देखिएको छ । उनीहरू सबैलाई आईशालेशनमा राखिएको छ
यसअघि जारी गरिएको निषेधाज्ञाको समय सीमा मंगलवार राती १२ बजे सकिँदै थियो । तर जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको प्रशासनले बताएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x