२८ बैशाख २०८३, सोमबार

नेपालमा पाकिस्तानी खेलाडीले प्रतिबन्धित औषधि सेवन गरेको ठहर पदक खोसियो

एसीपी संवाददाता

२९ श्रावण २०७७, बिहीबार ०३:३२ मा प्रकाशित

फाइल/ तस्बिर

नेपालमा गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पाकिस्तानले जितेका तीनओटा पदक खोसिएको छ ।

नेपाल ओलम्पिक कमिटीकाअनुसार दशरथ रंगशालामा भएको एथ्लेटिक्सअन्तर्गत् ११० मिटर हडल्समा स्वर्णपदक जितेका मोहमद नइम, ४०० मिटर हडल्समा स्वर्ण जितेका मेहबुब अली र १०० मिटरमा कास्य जितेका सामी उलाहको पदक खोसिएको हो ।

तीनैजनाले प्रतिबन्धित औषधि सेवन गरेको पुष्टि भएकाले पदक खोसिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो ।

उहाँले पाकिस्तानीको पदक खोसिएपनि नेपालको भने पदक नबढेको जानकारी दिनुभयो ।

ओलम्पिक कमिटीकाअनुसार ‘डोपिङ’मा असफल तीनैजनामाथि सन् २०१९ डिसेम्बर २ देखि लागू हुनेगरी चार वर्षको प्रतिबन्ध लगाइएको छ ।

विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)को नियमानुसार सागमा सहभागी खेलाडीको डोपिङ टेस्ट गरिएको थियो । जसको कतारको राजधानी दोहास्थित एन्टी डोपिङ ल्याबमा परीक्षण गराउँदा तीनजना खेलाडीले निषेधित पदार्थ सेवन गरेको पुष्टि भएको थियो ।

नियमानुसार खेलाडीलाई दोस्रोपटक परीक्षण गराउने अवसर दिइएको थियो । दोस्रोपटक परीक्षण गराउँदा पनि असफल भएपछि उनीहरु कारबाहीमा परेका हुन् ।इमेजखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x