१२ असार २०८३, शुक्रबार

बिहीबारदेखि सवारी पास वितरण बन्द

एसीपी संवाददाता

२९ श्रावण २०७७, बिहीबार ११:१३ मा प्रकाशित

बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो ।

‘हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू, नगराउनुहुन आदेशानुसार अनुरोध छ,’ गृह मन्त्रालयले सवारी पास वितरण रोक लगाएकोबारे जारी गरेको सूचनामा लेखिएको छ ।

सरकारले कोरोना संक्रमण सुरु भएपछि र लकडाउनको अवधिमा एक जिल्लाबाट अर्को जिल्लामा आउन र जानका लागि प्रशासन कार्यालयबाट सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समय मुलुकभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यसरी जारी गरिँदै आएको सवारी पास वितरणमा रोक लगाइएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x